महोत्तरीका आगलागी पीडित रातभर खुला आकाशमुनि

एक सयभन्दा बढी घर जलेर खरानी
पीडितलाई राहतका नाममा चिउरा र चिनी
वैशाख १३, २०८१ |विकास आर्या
महोत्तरीका आगलागी पीडित रातभर खुला आकाशमुनि

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका ६-मुस्लिम टोलका आगलागी पीडित रातभर खुला आकाशमुनि बस्न बाध्य भएका छन् । बुधबार दिउँसो आगलागीका कारण घर गुमाएकाहरुले खुला आकाशमुनि रात बिताएका हुन् ।

बाहिर बस्दा गर्मीका साथै सर्पको समेत डर भएको उनीहरुले बताएका छन् । केही बालिकालाई प्रहरीले बिस्कुट दिएको पीडित खैरुन खातुनले जानकारी दिइन् । 

स्थानीय सरकारले आगलागीबाट प्रभावित भएकाहरूलाइ राहत सामग्रीको नाममा १ किलो चिउरा १ पाउ चिनी ल्याएर वितरण गरेका छन् । रेडक्रसले पनि एक-एक वटा बाल्टिन वितरण गरेको जनाइएको छ भने अन्य कुनै संघ संस्थाबाट कुनै सहयोग पुग्न सकेको छैन ।

पीडितले ओतका लागि पाल समेत नपाएरर कतिपयले बोरा, लुङ्गी र अन्य घरायसी सामग्रीहरूले बेरेर छाप्रो बनाएर रात बिताइरहेका छन् । प्रहरीको अद्यावधिक विवरणअनुसार १०० भन्दा बढी घर टहराहरु जलेर नस्ट भएको छ भने करोडौं सम्पत्ति क्षति भएको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement