धादिङ । धादिङको आदमघाटमा गुडिरहेको ट्रकमा आगो लागेको छ । सुनौलीबाट काठमाडौंतर्फ आइरहेको ना ४ ख ८६१७ नम्बरको मालवाहक ट्रकमा आगो लागेको हो ।
गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको चालक सुशील विकले जानकारी दिनुभयो । ट्रकमा औषधिजन्य सामग्री थियो । आगलागीको कारण भने खुलेको छैन ।