प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धार गरिदिन आग्रह

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धार गरिदिन आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्री दाहललाई ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री दाहलले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement