सुप्रिम सहकारीका पीडितले गरे बुटबलमा प्रदर्शन

पीडकलाई सरकारको संरक्षण रहेको आरोप
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
 सुप्रिम सहकारीका पीडितले गरे बुटबलमा प्रदर्शन

काठमाडौं । सहकारी ठगीमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले आज बुटवलमा बिरोध र्‍याली निकालेका छन् । राजमार्ग चौराहाबाट सुरु भएको र्‍याली मिलनचोक, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै पीडितहरुले पीडकलाई सरकारले संरक्षण गरेको आरोप लगाए ।

दुई महिनादेखि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहे पनि मुख्य आरोपीलाई प्रहरीले पक्राउ नगरेकोमा उनीहरुको प्रश्न थियो । प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन तथा अभियोगपत्रमा गृहमन्त्री रवि लामिछानेले समेत रकम लिएको देखिएकाले सहकारी मुद्दामा पुछिएका सबैलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने पीडितहरुको माग छ ।

र्‍यालीमा अन्य सहकारी पीडितसमेत सहभागी थिए । रकम हिनामिना भएका पीडितहरुको उठिबास हुन थालेको भन्दै उनीहरुले आन्दोलनलाई देशव्यापी बनाउने तयारी गरेका छन् । सडकमा गरिने बिरोधले समस्या समाधान नभए सदन घेराउ गर्न जाने पीडितहरुको भनाइ छ । मुख्य आरोपीहरुलाई कानुनी कारबाही तथा अबिलम्ब पीडितहरुको रकम फिर्ता गर्नुपर्ने माग उनीहरुको माग छ । 

यो पनि...

सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन (अभियोजनसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement