इलाम उपनिर्वाचन : सूर्य र रुखबीच ६ हजार २६० मतको अन्तर, मुढाभन्दा घण्टी ६ हजार ५२० मतले पछाडि

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम उपनिर्वाचन : सूर्य र रुखबीच ६ हजार २६० मतको अन्तर, मुढाभन्दा घण्टी ६ हजार ५२० मतले पछाडि

इलाम । पछिल्लो मत परिणामअनुसार इलाममा सूर्य रुखभन्दा ६ हजार २६० मतले अगाडि छ भने मुढाभन्दा घण्टी ६ हजार ५२० मतले पछाडि छ ।

इलाममा अहिलेसम्मको मतगणना अनुसार एमालेका सुहाङ नेम्वाङले २२ हजार मत कटाउनु भएको छ । उहाँले २२ हजार ४ सय ९० मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार २ सय ३० मत ल्याउनु भएको छ । 

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार २ सय ७० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३ हजार ७ सय ५० मत मात्र प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार यतिन्जेल ५५ हजार २ सय ४६ मत गनिएकोमा ७ सय ४ मत बदर भएका छन् ।

शनिबार सम्पन्न मतदानमा इलाममा ६९ हजार २ सय ८७ मत खसेको थियो । इलाम-२ मा कुल १ लाख १५ हजार ८८९ मतदाता छन् । यहाँ १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.