इलाम २ : सुहाङको निरन्तर अग्रता

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम २ : सुहाङको निरन्तर अग्रता

इलाम । प्रतिनिधिसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगको पछिल्लो आँकडाअनुसार ५७ हजार ७ सय ५७ मत गणना गरिएकोमा एमालेका सुहाङ नेम्बाङले २३ हजार ५०८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले १७ हजार १७४ मत ल्याउनु भएको छ ।

अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार ४६२ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ३ हजार ९८३ मत ल्याउनु भएको छ ।

५७ हजार ७५७ मत गन्दा ७३८ मत बदर भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.