दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

चैत्र १६, २०८० |मनोज बडू
दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाँडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा सोही वडामा कार्यरत वडा सचिव गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटना बिहीवारको भएको भए पनि प्रहरीले शुक्रवार मात्रै जानकारी पाएको जनाएको छ । मृतक लुहार बिहीवार बेलुकीतिर लडेको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

४० वर्षीय वडा सचिव लुहार डाँडाकोटकै स्थानीय रहेको सूचना अधिकारी सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement