इलाममा आजै, बझाङमा भोलि मतगणना

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाममा आजै, बझाङमा भोलि मतगणना

काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा अन्तर्गत आज सम्पन्न भएको निर्वाचनको मतगणना आजै रातिबाट हुने भएको छ । तर प्रदेशसभा सदस्यका लागि बझाङमा आजै भएको निर्वाचनको मतगणना भने भोलिमात्र सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार इलाममा करिब ६० प्रतिशत मत खसेको छ भने बझाङमा करिब ५० प्रतिशत मात्रै मतदान भएको छ । अघिल्लो पटकको निर्वाचन भन्दा यसपालि इलाममा २ र बझाङमा ३ प्रतिशत मत कम खसेको हो । इलाम-२ मा अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम- २ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे । त्यहाँ १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ६१ हजार सात सय मतदाता रहेको बझाङ प्रदेश सभा १ मा तत्कालीन प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यहाँ ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मत गणना सुरू भएको १२ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

यो पनि हेर्नुहोस् :-

चुनावमा किन खस्दैन अपेक्षित मत ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.