उपनिर्वाचनमा इलाम-२ र बझाङ प्रदेशसभा-१ मा शान्तिपूर्ण मतदान

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचनमा इलाम-२ र बझाङ प्रदेशसभा-१ मा शान्तिपूर्ण मतदान

काठमाडौं । इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेश सभा -१ को उपनिर्वाचन अन्तर्गत आज मतदान भएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार इलाम-२ मा ५७ प्रतिशत मत खसेको छ । यस्तै बझाङ प्रदेशसभा-१ मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

इलाम-२ मा ४२ वटा वडाका ७९ वटा मतदान स्थलमा १ सय ४९ वटा मतदान केन्द्र तोकिएको थियो । मतदान सहज बनाउन ७ सय ४५ जना कर्मचारी खटिएका थिए । त्यस्तै, इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेद्‍वार चुनावी मैदानमा छन् ।

यसैगरी, बझाङ प्रदेशसभा (१) को उपनिर्वाचनमा ७४ मतदान स्थलमा ९३ वटा मतदान केन्द्रमा मतदान भएको छ । 

उपनिर्वाचनका लागि बझाङ -१ मा ११ जना उम्मेद्‍वार चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७ सय ४८ मतदाता छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.