विपिन जोशीका बा-आमाको हारगुहार- सरकारले कतारी राजालाई भनेर छोरो फिर्ता ल्याइदिओस्

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीका बा-आमाको हारगुहार- सरकारले कतारी राजालाई भनेर छोरो फिर्ता ल्याइदिओस्

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमाबुबाले सरकारसँग बारम्बार आग्रह गरिरहेका छन् । कतारका अमिर सेख तमिम बिन हमाद अल-थानी वैशाख दोस्रो साता नेपाल भ्रमणमा आउँदा सरकारले थप पहल गरे विपिन रिहा हुनसक्ने परिवारको विश्वास छ ।

हमाससँग कतारको राम्रो सम्बन्ध भएकाले नेपालले युद्धबन्दी जोशीलाई रिहा गराउन कूटनीतिक आग्रह गरेमा विपिन स्वदेश फर्किने परिवारको आशा छ । कञ्चनपुरका विपिन जोशी झन्डै सात महिनाअघि इजरायलबाट प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका थिए । त्यसपछि उनको अवस्था अज्ञात छ ।

सरकारले जोशीको रिहाइका लागि पहल गरिरहेको जनाए पनि त्यो सफल हुन सकेको छैन । जोशीका परिवारजनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याइदिन आग्रह गरेका छन् । प्रस्तुत छ- विपिनका आमा-बुबासँग सहकर्मी जितेन्द्र झाले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement