दक्षिणी लेबनानमा इजरायलको आक्रमण, हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी लेबनानमा इजरायलको आक्रमण, हेजबुल्लाह कमाण्डरसहित तीन जनाको मृत्यु

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ । लेबनानका सुरक्षा अधिकारीहरुले इजरायली हमलाको पुष्टि गरेका छन् । आक्रमणमा हेजबुल्लाह कमाण्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ ।

इसमाइल इजरायलमाथि भएको रकेट र एन्टी ट्याङ्‍क मिसाइल हमलाका मुख्य योजनाकार भएको इजरायलको दाबी छ । इजरायली सेनाले जारी गरेको भिडियोमा हेजबुल्लाह कमाण्डरको गाडीमा आक्रमण भएको देखिएको छ ।

हेजबुल्लाले पनि आफ्ना सैन्य कमाण्डरको निधनप्रति शोक व्यक्त गरेको छ । त्यस्तै दक्षिणी गाजामा इजरायलले गरेको अर्को आक्रमणमा हेजबुल्लाहका अन्य दुई सदस्य मारिएका छन् । गाजामा युद्ध सुरु भएयता इजरायल र हेजबुल्लाहबीच पनि पटक-पटक भिडन्त भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement