बाल्टिमोरमा पुल भत्किएपछिको उद्धारमा दुई जनाको शव भेटियो

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
बाल्टिमोरमा पुल भत्किएपछिको उद्धारमा दुई जनाको शव भेटियो

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा मालबाहक पानी जहाजको ठक्करले पुल भत्किएपछि नदीमा खसेका सवारी साधनमध्ये एउटाबाट दुई जनाको शव निकालिएको छ ।

पटापस्को नदीमा खसेका सवारी साधनमध्ये एउटा रातो गाडीबाट दुई जनाको शव निकालिएको हो । नदीमा खसेका अन्य चार जनाको पनि मृत्यु भएको आशंका गरिएको छ । पानी जहाजको ठक्करले फ्रान्सिस स्कट कि पुल भत्किए लगत्तै सुरु भएको उद्धार कार्य अझै जारी छ । 

अनुसन्धानकर्ताका अनुसार हवाई जहाजको ब्ल्याक बक्सजस्तै दुर्घटनामा परेको डाली नामको सिङ्गापुरको ध्वजाबाहक पानी जहाजको डेटा रेकर्डर भेटिएको छ । अमेरिकी कोस्ट गार्डले जहाजमा १५ लाख ग्यालेन इन्धन र हानिकारक कार्गो रहे पनि स्थानीय नागरिकलाई कुनै जोखिम नरहेको बताएको छ। 

पानी जहाजमा २२ सदस्यीय चालक दलका सबै भारतीय नागरिक रहेको र उनीहरु सबै सुरक्षित रहेको कोस्ट गार्डले जनाएको छ । प्राविधिक गडबडीले विद्युत् आपूर्तिमा समस्या आउँदा जहाज पुलमा ठोक्किएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सो पुल पुनर्निर्माणको सम्पूर्ण खर्च संघीय सरकारले बेहोर्ने र पुल तथा बन्दरगाह छिट्टै सञ्चालनमा ल्याउने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement