आफ्नै नेताहरू सहकारी ठगीमा मुछिने डरले एमाले रविको बचाउ गर्दै छ : सांसद आचार्य

जेष्ठ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफ्नै नेताहरू सहकारी ठगीमा मुछिने डरले एमाले रविको बचाउ गर्दै छ : सांसद आचार्य

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले नेकपा एमालेका धेरैजसो नेता विभिन्न सहकारीको रकम अपचलनमा पर्ने भएका कारण रवि लामिछानेको बचाउ गरिरहेको आरोप लगाउनु भएको छ ।

कान्तिपुरसँगको कुराकानीमा सांसद आचार्यले नेकपा एमालेका कतिपय नेताहरू सहकारी सञ्चालक रहेकोले छानबिनको प्रक्रिया अगाडि बढेको क्रममा आफ्ना केही नेताहरू पर्छन् भन्ने डरले एमाले पछि हटेको आरोप लगाउनु भयो ।

छानबिन समिति नबन्नुमा र बनाउन नदिनुको एउटै कारण नेकपा एमाले नै भएको उहाँको दाबी छ । सहकारी प्रकरणमा मुछिनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरिरहेको छ ।

कांग्रेसको मागप्रति प्रधानमन्त्री सकारात्मक भए पनि प्रमुख सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति बनाउन सहमत नभएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.