बालमन्दिर जग्गा भाडा ठगी प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालमन्दिर जग्गा भाडा ठगी प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा भाडा ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ । सीआईबीले २० जनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ ।

२०४९ सालमा ३० वर्षका लागि भाडामा लिएको जग्गामा निजी स्कुल सञ्चालन गरेको र भाडासमेत अत्यन्त न्यून देखिएको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो । २०८९ सालमा भाडा सम्झौता सकिँदै थियो । तर सञ्चालक समितिले २०७२ सालमै पूरक सम्झौता गरेर २१ सय २७ सालसम्मका लागि समय थपिसकेको छ ।

वृहस्पति विद्या सदन र राय स्कुल सञ्चालन भइरहेको उक्त जग्गा पहिलो भाडा सम्झौता सकिनु १७ वर्ष अघि नै पूरक सम्झौता गरेर ठगी गरेको आरोपमा मुद्दा दायर भएको सीआईबीले जनाएको छ । 

सीआईबीले न्यून रकम र एक पक्षलाई फाइदा पुग्ने गरी सम्झौता भएकाले ठगीमा मुद्दा चलाउने भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.