वैशाख ३१ गते बागमती प्रदेशको हिउँदे अधिवेशन

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
वैशाख ३१ गते बागमती प्रदेशको हिउँदे अधिवेशन

हेटौंडा । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते संसद्‌को हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिबेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गत वैशाख १२ गते अन्त्य भएको प्रदेश सभा प्रि-बजेट छलफलका लागि वैशाख ३१ गते बोलाउने निर्णय भएको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश नीति योजना आयोगका सदस्यमा दीपेन्द्र श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

-फाइल तस्बिर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.