काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा हिनामिनाका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने बताउनुभएको छ ।
त्रिविले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले जग्गा हिनामिनाबारे छानबिन गर्न मन्त्रालयले समिति बनाउने र त्रिवि परिसरबाटै जग्गा फिर्ताको प्रक्रिया सुरु गर्ने दाबी गर्नुभयो ।
त्रिवि कीर्तिपुर परिसरमा रहेको ३७ सय रोपनीमध्ये दुई हजारभन्दा बढी रोपनी जमिन १८ वटा सरकारी तथा निजी संस्थाले कब्जा गरेका छन् ।
त्यस्तै नैकापमा रहेको १२५ रोपनी भूमाफियाले किनबेच गरिरहेका छन् । यस्तै विश्वविद्यालयकै एक सय आठ रोपनी निजीस्तरको ल्याबोरेटरी स्कुलले राजनीतिक आडमा हडपेको छ ।
त्रिविले पटक-पटक जग्गा फिर्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन । विभिन्न निजी तथा सरकारी संस्थाले त्रिविको जग्गा हडपेको विषयमा कान्तिपुर टेलिभिजनले रिपोर्ट प्रसारण गरिसकेको छ ।
यो पनि...
त्रिविको २ हजार रोपनीमा १८ संस्थाको रजगज
होला त त्रिविको सयौं रोपनी फिर्ता ?
त्रिविको जग्गामा दाताकै सन्तानको मिलेमतोमा भू-माफियाको रजाइँ
भूमाफियाले रजगज गर्दा पनि जग्गा फिर्ता ल्याउन त्रिविको बेवास्ता
१५० पटक पत्र पठाउँदासमेत ल्याबोरेटरी स्कुलले त्रिविको १०८ रोपनी फिर्ता गरेन