कार्यान्वयन गर्न सकिने खालको बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कार्यान्वयन गर्न सकिने खालको बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव

काठमाडौं । अर्थविद्हरुले कार्यान्वयन गर्न सकिने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थशास्त्रीहरुले ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । रेमिट्यान्समा आधारित अर्थतन्त्र दिगो नहुने भन्दै उनीहरुले स्वदेशकै कृषि, पर्यटन, हरित उर्जा र उत्पादनमूलक उद्योग फस्टाउने नीतिसहितको बजेट ल्याउन सुझाए ।

कार्यक्रमका सहभागीहरुले लैंगिक समानता र महिला सशक्तीकरणका मुद्दालाई बजेटमा समावेश गर्न सुझाए । सन् २०२६ मा नेपाल अल्पविकसित मुलकबाट स्तरोन्नति भएपछि धेरै सहयोग कटौती हुने हुँदा आन्तरिक अर्थतन्त्र बलियो बनाउन उनीहरुले सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट तयारी गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement