विदेशी लगानीलाई अब अनलाइनबाटै स्वीकृति

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेशी लगानीलाई अब अनलाइनबाटै स्वीकृति

काठमाडौं । सरकारले अब विदेशी लगानीलाई अनलाइनबाटै स्वीकृति दिने भएको छ ।

तेस्रो लगानी सम्मेलनको अवसर पारेर उद्योग विभागले आजदेखि स्वचालित प्रणाली सञ्चालनमा ल्याएको हो । योसँगै अब विदेशी लगानीकर्ताले विद्युतीय प्रणालीमा आवेदन दिएपछि लगानी स्वीकृति इमेलमार्फत् पाउनेछन् ।

अनलाइनबाट आवश्यक कागजात पेश गरेपछि उद्योग विभागले लगानी स्वीकृति गर्नेछ । इमेलमार्फत् आएको स्वीकृतिका आधारमा लगानीकर्ताले नयाँ कम्पनी स्थापना गर्न सक्नेछन् । यसरी स्वीकृति प्राप्त लगानीकर्ताले ५० करोड रुपैयाँसम्म पूँजी भएका उद्योग व्यवसाय सञ्चालनमा ल्याउन पाउनेछन् । सूचना प्रविधिका क्षेत्रमा भने यस्तो सीमा लागू छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.