भारतीय लगानीकर्तालाई लक्षित गरी हाते पुस्तिका सार्वजनिक

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतीय लगानीकर्तालाई लक्षित गरी हाते पुस्तिका सार्वजनिक

काठमाडौं । काठमाडौंमा भएको तेस्रो लगानी सम्मेलनमा नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले भारतीय लगानीकर्ताहरूलाई लक्षित गरी 'इन्भेस्टमेन्ट इन नेपाल' अर्थात् 'नेपालमा लगानी' नामक हाते पुस्तक सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले उक्त हाते पुस्तिका लोकार्पण गर्नु भएको थियो ।  

हातेपुस्तकमा नेपालका प्रचलित कानुन, लगानीका लागि आवश्यक कार्यविधि जस्ता विषयमा एकीकृत जानकारी दिने र भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले प्रकाशित गरिएको हो । एनआईसीसीआईले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौं स्थित भारतीय दूतावाससँगको सहकार्यमा हाते पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा नेपाल सरकारले मन्त्रिपरिषद्‍बाट पारित अध्यादेश मार्फत परिमार्जन गरिएका ९ वटै प्रमुख ऐनलाई समेत समेटिएको छ । 

यो हाते पुस्तकले आगामी दिनमा भारतीय लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बुझ्न मद्दत पुग्ने एनआईसीसीआईको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.