आजका मुख्य समाचार,
* बचत डुबेर सहकारीका ७० लाख सदस्य विचल्लीमा सरकार उदासीन / दीर्घकालीन समाधान खोज्नभन्दा समिति गठन र प्रहरीको छानबिनमै सीमित ।
* चौबीस घण्टामा देशका २३६ स्थानमा आगलागी र डढेलो / नियन्त्रणका लागि न बजेट न प्रविधि / तीन महिनामा १५ जनाको ज्यान गयो ।
* तेस्रो लगानी सम्मेलनको तयारी अन्तिम चरणमा / विदेशी लगानीकर्तालाई सहज बनाउन दशवटा कानुन अध्यादेशमार्फत संशोधन गरिँदै ।
* माल्दिभ्समा संसदीय निर्वाचनको मतगणना जारी / नेसनल कंग्रेस र डेमोक्र्याटिक पार्टीबीच मुख्य प्रतिस्पर्धा / भारत र चीनको विशेष चासो ।
* एसीसी प्रिमियर कपको उपाधि यूएईलाई / आयोजक ओमान ५५ रनले पराजित / विश्वकपको तयारीका लागि वेस्टइन्डिज ‘ए’ सँगको सिरिज नेपाललाई अन्तिम अवसर ।