कमल सिंह ऐरीले लिए वेस्ट इन्डिज 'ए' को पहिलो विकेट

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कमल सिंह ऐरीले लिए वेस्ट इन्डिज 'ए' को पहिलो विकेट

काठमाडौं । कमल सिंह ऐरीले वेस्ट इन्डिज 'ए' को पहिलो विकेट लिएका छन् । पहिलो ओभर बलिङ गर्न ऐरीले ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका जोन्सन चाल्सलाई बोल्ड गरेका हुन् ।

ओभरको सुरुवात नो बलबाट गरे पनि अन्तिम बलमा विकेट लिन उनी सफल भएका छन् । अहिले दोस्रो ‌ओभरको समाप्तिमा वेस्ट इन्डिज ए ले १ विकेट गुमाएर २४ रन बनाएको छ ।

रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा हिजो मात्र ४ खेलाडी थप गरिएका थिए । थप गरिएका खेलाडीमध्ये कमलसिंह ऐरी पनि एक हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.