कान्तिपुर समाचार, २६ वैशाख २०८१

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २६ वैशाख २०८१

आजका मुख्य समाचार

* सत्ता टिकाउनकै लागि जसपा फुटाइदिएको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति / अनेक गरेर पनि सरकार पुरै अवधि चलाउने दाबी ।

* प्रधानमन्त्री दाहालले पढाउने जिम्मा लिएका चितवनका बालक विद्यालय जानबाटै बञ्चित / प्रचारका लागि अभिभावक बनेका नेताहरुले जिम्मेवारी भने पूरा गरेनन् ।

* सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ, लक्ष्यअघि नै ब्रेक थ्रु / आयोजना पूरा भएपछि पाँच जिल्लाका १ लाख २२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने ।

* चार दिनदेखि बन्द दक्षिणी गाजाको केरेम शालोम नाका फेरि खुल्यो / सहायता सामग्री बोकेका ट्रक गाजातर्फ / संघर्षबिरामबारे इजरायल र हमासबीच वार्ताको तयारी ।

* च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज रियाल मड्रिड र बायर्न म्युनिख भिड्दै / उपाधि जित्ने पीएसजीको ५४ वर्षदेखिको सपना अधुरै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.