नेपाली राष्ट्रिय फुटबल टोलीले आज इंग्ल्यान्ड सीसँग प्रतिस्पर्धा गर्ने

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली राष्ट्रिय फुटबल टोलीले आज इंग्ल्यान्ड सीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज अल्डलरेडमा इंग्ल्यान्ड सी फुटबल टिमसँग खेल्दैछ। नेपाली समयअनुसार राति पौने ९ बजे इबीबी रंगशालामा खेल सुरु हुनेछ ।

२५ वर्षपछि युरोप गएको नेपाली टिमले यो खेलका लागि घरेलु मैदानमा एक हप्ताको अभ्यास गरेको थियो। त्यसपछि इंग्ल्यान्ड गएको टिमले यसअघि ब्रिटिस आर्मीसँग अभ्यास खेलसमेत खेलिसकेको छ । सो खेल गोलरहीत बराबरीमा सकिएको थियो ।

नेपाल र इंग्ल्यानडबीचको खेल एल्डरसट टाउन फुटबल क्बकको रंगशालामा हुन लागेको हो। ७ हजार १ सय दर्शक क्षमताको रंगशालाका सबै टिकट विक्री भइसकेको स्थानीय आयोजक क्लबले जानकारी दिएको छ । इंग्ल्यान्ड सी टिम भनेको इंल्यान्डका व्यवसायिक फुटबल नखेल्ने क्लबको टिम हो। प्रिमियर लिग र इंग्लिस फुटबल लिग नखेल्ने क्लबका तर राष्ट्रिय स्तरका क्लबका खेलाडी यो टिममा रहन्छन् ।

तर उनीहरुको इच्छा पनि च्याम्पियन्सिपमा जाने भएको हुँदा उत्कृष्ट खेलाडी रहेको नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले बताएका थिए। यो खेललाई फिफा विश्वकप छनोटको आउँदा दुई खेलको तयारीको रूपमा पनि लिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.