एसीसी प्रिमियर कप : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

वैशाख ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कप : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले युएईसामु १२० रनको लक्ष्य प्रस्तुत गरेको छ। अल अमरेत मैदानमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९रन बनाएको हो ।

युएईले टस जितेर पहिले फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपालको ओपनिङमा कुलश भुर्तेल र आशिफ शेख आएका थिए। तर कुशल भुर्तेल रोयल डक भए । उनी लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन्।

आशिफ, प्रिमियर कपमा नेपाली टोलीको लागि सर्वाधिक रनकर्ता भए पनि आज ८ रनमै आउट भए। पावर प्ले सकिँदा नेपालले दुई विकेट गुमाएर ३० रन बनाएको थियो।

कप्तान रोहित पौडेलले १७ बलमा पाँच रन बनाए । चार विकेट गुमाउँदा नेपालले ५० रन मात्र बनाएको कमजोर अवस्थामा थियो । कुशल मल्ल ३र दिपेन्द्र सिंह ऐरी ५ रनमै पवेलियन फर्किए। सन्दीप जोराले मात्र नेपालको लागि अर्धशतकीय पारी खेले। सन्दिपले ४० बलमा ५० रनको योगदान गरे । यस्तै गुल्शन झाले २० र करण केसीले १७ रन बनाए ।

यूएईका बसिल हमिद, अलि नासरले र जुनैद सिद्दिकले समान २-२ विकेट लिए । यस्तै ओमिद रहमान, आयान अफजल खान र मुहम्मद मारुकले समान १-१ विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement