आईपिएलमा चेन्नई पञ्जाबसँग सात विकेटले पराजित

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपिएलमा चेन्नई पञ्जाबसँग सात विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको छ । लगातार दोस्रो जित हात पारेसँगै पञ्जाबको प्ले अफ सम्भावना पनि कायमै छ ।

एमए चिदम्बरम स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोज्यो । बलरले आत्मविश्वाशी प्रदर्शन गर्दै , चेन्नाइलाई २० ओभरमा ७ विकेट लिएर १ सय ६२ रनमा रोकेका थिए । अजिंक्य रहाणे र कप्तान रुतुराज गायकवाडले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । आठ दशमबल दुई ओभरमा हरप्रित बरारले पञ्जाबलाई ब्रेक थ्रू दिलाए । उनले रहाणेलाई २९ रनमा मैदान बाहिर पठाए ।

हरप्रितकै बलमा शिभम् दुवे गोल्डेन डक आउट भए । रविन्द्र जडेजालाई राहुल चाहरले मात्र दुई रनमा पवेलियन फर्काएका थिए । समिर रिज्भी २१ र मोइन अली १५ रनमा आउट भए । गायकवाडले सर्वाधिक ४८ बलमा ६२ रन बनाएका थिए । महेन्द्र सिंह धोनी १४ रमा रन आउट भए । जारी आइपिएलमा उनी पहिलो पटक आउट भएका हुन् । चाहर र बरारले समान २-२ विकट लिए ।

जवाफमा पञ्जाबले १३ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जोनी बेरेस्टोले ४६ र राइली रस्सोले ४३ रनको योगदान गरे । शसांक सिंह २५ र कप्तान साम करण २६ रनमा अविजीत रहे । शार्दुल ठाकुर, रिचर्ड ग्लेसन र दुबेले १-१ विकेट लिए । पञ्जाब दश खेलबाट ८ अंक जोड्दै तालिकाको सातौ स्थानमा छ । चौथो स्थानमा रहेको चेन्नाइको दश खेलबाट १० अंक छ । आईपीएलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच साँझ पौने आठ बजे खेल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.