पहिलो लेगमा पीएसजीमाथि डर्टमन्डको अग्रता

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिलो लेगमा पीएसजीमाथि डर्टमन्डको अग्रता

काठमाडौं । बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध १-० गोलको अग्रता लिएको छ । जर्मन क्लब डर्टमन्डको मैदानमा गएराति भएको खेलको ३६ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । उसका लागि निक्लास फुलकुगले गोल गरेका हुन् । जारी सिजनको च्याम्पियन्स लिगमा जर्मन अन्तराष्ट्रियले क्लबका लागि गरेको यो तेस्रो गोल हो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको पीएसजीले ब्रेकपछि बराबरी गोल फर्काउने मौका पाएको थियो । ५१ औं मिनेटमा पाएको दोहोरो सुनौलो मौका गुम्दा पीएसजी खेलमा फर्कन सकेन् । किलियन एम्बाप्पे र असरर्फ हकिमीको प्रयास सफल नहुँदा पीएसजी निराश बनेको हो । फुलकुगुले दोस्रो गोलको पनि मौका पाएका थिए । तर सदुपयोग गर्न सकेनन् । 

म्यानचेस्टर युनाइटेडबाट लोनमा गएका जेडोन सान्चोले पनि पीएसजी सँगको दुरी बढाउने अवसर पाएका थिए । दोस्रो लेग पेरिसमा अर्को साता हुनेछ । अहिलेसम्म पीएसजीले च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.