एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियाको सामना गर्दै छ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत नतिजासहित समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्ने योजनामा हुनेछ ।

प्रतियोगितको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । प्रतियोगिताको प्रवल दावेदार नेपालविरुद्ध साउदी अरबियाले पहिलो पटक टी-२० आई खेल्न लागेको हो । ३ मध्ये १ खेल जितेको मध्य पूर्वी टोलीको अहिल्लो चरणको सम्भावना भने समाप्त भएको छैन ।

आज नेपाललाई फराकिलो अन्तरलले पराजित गरे ४ अंक सहित साउदीको अन्तिम चारमा जाने गणितीय सम्भावना जिवितै रहन्छ । तर यस समूहमा कतार हङकङ र मलेसिया समेतले ४ अंक ल्याउने सम्भावना छ। त्यस कारण समूह उवविजेताका रुपमा अघि बढ्ने टोलीको टुङ्गो हङकङ र मलेसियाबीचको खेलको नतिजा पछि मात्र लाग्ने छ । यस ममूहका खेलहरु पौने १२ बजे सुरु हुने छन् । समूह बीमा आज कम्बोडिया र युएई तथा ओमान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement