एलिना रेबाकिना मायामी ओपन टेनिसको फाइनलमा

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
एलिना रेबाकिना मायामी ओपन टेनिसको फाइनलमा

काठमाडौं । एलिना रेबाकिना लगातार दोस्रो सिजन इन्टर मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । टाइब्रेकमा रिबाकिनाले भिक्टोरिया अजारेन्कालाई पराजित गरेकी हुन् । कजाखस्तानकी २६ वर्षीय रिबाकिनाले पहिलो सेट ६-४ ले जितेकी थिइन् । तर दोस्रो सेट उनका लागि बिर्सनलायक रह्यो ।

बेलारुसकी अजारेन्काले दोस्रो सेट ६-०ले जितिन् । तर तेस्रो सेटमा चौथो बरियताकी रिबाकिनाले खराब प्रदर्शनबाट माथि उठ्दै उत्कृष्ट पुनरागमन गरिन् । टाइब्रेकरमा पुगेको निर्णायक सेट ७-६ ले आफ्नो पक्षमा पार्दै उनले फाइनल यात्रा तय गरेकी हुन् । पछिल्लो दश वर्षमा लगातार मायामी ओपनको उपाधि नजिक पुग्ने उनी केवल तेस्रो खेलाडी हुन् ।

यसअघि सेरेना विलियम्स र आस्ली बार्टीले यो सफलता हात पारेका थिए । रिबाकिना र २४ औं वरियताकी अजारेन्का बीचको खेल दुई घन्टा ३३ मिनेटसम्म चलेको थियो । रिबाकिनाको सिजनको यो चौथो फाइनल हो । यसअघि उनले ब्रिसबेन, अबुधाबी र दोहामा उपधि जितेकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement