काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल भरीका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकहरुलाई उपचार गराउने भएको छ । महानगरका मेयर बालेन शाहले आइतबार फेसबुकमा एक पोस्ट लेख्दै बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आए महानगरले नि:शुल्क उपचार गराउने जानकारी गराउनु भएको हो ।
महानगरपालिकामा ५२ अस्पतालका ३७४ बेड रहेको र ती अस्पतालमा गरिब र असाहय बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार उहाँले जानकारी गराउनु भएको छ ।
'नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,' उहाँले लेख्नुभएको छ, 'हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।'