काठमाडौं । इलाम-२ भएको उपनिर्वाचनको मतगणना ११ बजेबाट सुरु हुने भएको निर्वाचन कार्यालयले जनाएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले मतगणना ११ बजेबाट गर्ने सहमति गरेको हो ।
हिजो बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम २ का सबै केन्द्रका मतपेटीका संकलन भइसकेका छन् । इलाम-२ मा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे । इलाम-२ मा अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।
बझाङमा भने मत पेटिका संकलन कार्य जारी रहेको छ । मतपेटिका संकल सकेपछि गणना सुरु गरिने निर्वाचन आयोगको कार्यलयले जनाएको छ ।