मधेस प्रदेशमा लोसपाका मन्त्री रमेश प्रसाद कुर्मीले दिए राजीनामा

वैशाख ४, २०८१ |अनिल मिश्र
मधेस प्रदेशमा लोसपाका मन्त्री रमेश प्रसाद कुर्मीले दिए राजीनामा

काठमाडौं ।  मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यमन्त्री सरोज कुमार यादवलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । समर्थन फिर्ता लिने निर्णय सँगै लोसपा सकारबाट पनि बाहिरिएको छ । मंगलबार लोसपाबाट मन्त्री बनेका वन तथा वातावरणमन्त्री रमेश प्रसाद कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

कुर्मीको राजीनामापछि वन तथा वातावरण मन्त्रालयक‍ो जिम्मेवारी मुख्यमन्त्री यादव आफैँले लिएका छन् । लोसपाको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement