जनमत पार्टीको विरोधपछि मधेस प्रदेशसभा १० मिनेटका लागि स्थगित

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनमत पार्टीको विरोधपछि मधेस प्रदेशसभा १० मिनेटका लागि स्थगित

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशसभामा विरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ । मंगलवार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक बिश्वासको मत लिने कार्यसूची रहेको छ ।

तर बैठक सुरु हुनासाथ जनमत पार्टीले सप्तरीको राजविराजमा मुख्यमन्त्रीको उपस्थितीमा तत्कालीन शिक्षामन्त्री जनमतका नेता महेश यादव सहितका उपर भएको आक्रमणको विषयमा आफूहरुले पटक-पटक संसदलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै बैठक चल्न नदिने अडान राखे ।जनमतका सबै सांसदहरु उभिएर बैठकमा अवरोध गरेपछि एमालेका सांसद तथा संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रतिवाद्व गर्न खोजेका थिए ।

तर कांग्रेसका सांसदहरु जनमतको पक्षमा उभिएर आक्रोस व्यक्त गर्दा तनाव उत्पन्न भएको हो । व्यक्तिगत कुरा संसदमा ल्याउन नहुने भन्दै एमालेका ठाकुरले धारणा राखेपछि जनमत र कांग्रेसका सांसदहरु रोष्टमतर्फ अगाडि बढदै नाराबाजी गर्न थालेका हुन । त्यसपछि परिस्थिती सामान्य बनाउन सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थागित गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement