सांसदहरु समयमा उपस्थित नहुँदा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसदहरु समयमा उपस्थित नहुँदा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

काठमाडौं । सांसदहरुले समयमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे पनि सांसदहरु तोकिएको समय भन्दा १५ मिनेट ढिलासम्म पनि उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जनामात्रै भएपछि मन्त्री श्रेष्ठ समितिको बैठकबाट बाहिरिएका थिए । मन्त्री श्रेष्ठपछि मन्त्रालयका सचिव र कर्मचारी पनि बैठक छोडेर बाहिरिए ।

समितिको आजको बैठकमा नेपाल सरकारको मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरणका बारेमा छलफल हुने कार्यक्रम रहेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement