काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ ।
काठमाडौंको शान्ति वाटिकामा शुक्रबार नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो । उनीहरुले सडकमै ‘हवन’ गरेर विरोध जनाए ।
उनीहरुले खोइ उत्तरपुस्तिका टीयूले हरायो, खोइ त उत्तरपुस्तिकाको सुरक्षा यही हो त शिक्षामन्त्रीज्यू टीयूको वर्तमान अवस्था, गृहमन्त्रीज्यू जीबी राई खोइ ? सहकारी ठगी काण्ड स्वाहा, दोहोरो नागरिकता काण्ड स्वाहा, सुन तस्कर काण्ड स्वाहा, गृहमन्त्रीको नैतिकता स्वाहा, भुटानी शरणार्थी काण्ड स्वाहा, विद्यार्थीको उत्तरपुस्तिका स्वाहा, विद्यार्थीको भविष्य स्वाहा, समयमै परीक्षाफल प्रकाशन स्वाहा, खुला प्रक्रियाबाट भीसी नियुक्ति प्रक्रिया स्वाहा, भीसीको नयाँ कार्ययोजना स्वाहा, शिक्षामन्त्रीको कार्ययोजना स्वाहा, टीयू पदाधिकारीको नैतिकता स्वाहालगायत प्लेकार्ड र शब्द प्रयोग गरी विरोध जनाएका थिए ।