काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ३ हजार ५९ मतले अगाडि रहनुभएको छ ।
एमालेका नेम्वाङले १० हजार ३ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ६ हजार ९ सय ४४ मत ल्याउनुभएको हो । यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ५ हजार ५ सय ९१ र रास्वपाका मिलन लिम्बुले १ हजार ४ सय ४३ मत ल्याउनुभएको छ ।