एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी

उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत विजयी भएका छन् । उनले ३४४ मत प्राप्त गर्दा निकट्तम प्रतिस्पर्धी परमेश्वर घिमिरेले २३० मत प्राप्त गरे ।

उपाध्यक्षमा कालुमान लामाले १ मतको अन्तरले जित हासिल गरेका छन् । उनले १९२ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी दिलबहादुर तामाङले १९१ मत पाए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी भरतबहादुर थापाले १३७ मत पाए ।

सचिवमा टेकबहादुर राउतले १९१ मतसहित जित हासिल गरे । उनका निकटतम् प्रतिस्पर्धी शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत पाए ।

सहसचिवमा १९४ मत ल्याएर हेमबहादुर खड्का विजयी भए । महिला सहसचिवमा गंगा राई २६० मतका साथ विजयी भइन् ।

योस‌ँगै पदाधिकारी पाँचसहित १०५ जनाको नयाँ जिल्ला कमिटी निर्वाचित भएको छ । भूगोल, खुला, दलित, जनजाति, महिला सदस्यमा धेरैजसो सर्वसम्मत भएको थियो भने केहीमा चुनाव भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement