काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ ।
इलाम क्षेत्र नम्बरमा २ मा एक हजार ३६३ र बझाङमा एक हजार २४ प्रहरी परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले इलाममा धार्मिक हिंसा हुन सक्ने सुरक्षा विश्लेषण गर्दै सुरक्षा व्यवस्थापनका लागि योजना तयार पारेको जनाउनुभयो ।
त्यस्तै बझाङमा पनि भौगोलिक विकटता अनुसारको रणनीति बनाइएको उहाँको भनाइ छ । इलामका १९ मतदान स्थल र ३७ मतदान केन्द्रलाई अतिसंवेदनशील मानेको प्रहरीले बझाङका ९३ मध्ये ३२ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखेको छ । निर्वाचनमा हिंसात्मक गतिविधि गर्न खोज्नेहरुमाथि बल प्रयोग गर्ने गरी योजना बनाइएको प्रहरीको भनाइ छ ।
यता, राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्विकृति दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।
यो पनि...
उपनिर्वाचनको मौनअवधि सुरु, मतगणना नसकिँदासम्म प्रचार गर्न नपाइने