झापा । झापाको मेचीनगर-१२ धाइजनको सामुदायिक वन भित्र मंगलबार एक हात्ती मृत अवस्थमा भेटिएको छ । उक्त हात्तीको दुवै दाह्रा भने काटिएको पाइएको छ ।
तर हात्ती कसले मार्यो भन्ने पत्ता लागेको छैन । हात्तीको दाह्राका लागि मारिएको आशंका गरिएको छ । हात्ती मरेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यलयले जनाएको छ ।