रौतहटमा बसको ठक्करबाट राई दम्पतीको मृत्यु

चैत्र ११, २०८० |कान्तिपुर टीभी संवाददाता
रौतहटमा बसको ठक्करबाट राई दम्पतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रौतहट । रौतहटको चन्द्रपुर-बागमती सडक खण्डमा आइतबार बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ ।

मे.१ख २५३६ नम्बरको बसको ठक्करबाट चन्द्रपुर १, पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी पत्नी ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घटनापछि स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन आउजाउ ठप्प बनाएका छन् । पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको बसले साइकलमा चढेर पूर्व जाँदै गरेको राई दम्पतीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट टाउकोमा गहिरो चोट लागेका राई दम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले दुवैलाई मृत घोषिणा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement