काठमाडौं । इलाम-२मा हिजो भएको उपनिर्वाचनको मत गणनामा कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । १५३९ मत गणना गर्दा खड्काले ६ सय ५७ मत पाएका छन् ।
यस्तै एमालेका सुहाङ नेम्वाङले ५ सय ३४ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बुले १ सय १५मत ल्याएका छन् । यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले १ सय ८७ मत पाएका छन् ।