सुन्दा रमाइलो लाग्न सक्छ । पार्कअर खेलमा नेपाली खेलाडीले १८ वटा विश्व कीर्तिमान बनाएका छन् । अझ नेपाली खेलाडीका नाममा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरले नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा अप्रिल २१ लाई ‘दिनेश सुनार डे’ भनेर मनाउने गरेको छ । हाल अमेरिकामा रहँदैं आएका दिनेशले पार्करमा १८ विश्व कीर्तिमान बनाइसक्नु भएको छ ।
सन् २०२२ को अप्रिल २१ मा दिनेशले एक्रोनमा आफ्नो पाँचौं विश्व कीर्तिमान बनाएपछि सहरका मेयर डेनियल हेरिगनले उहाँलाई सम्मान गर्दै हरेक वर्ष अप्रिल २१ मा ‘दिनेश सुनार डे’ मनाउने घोषणा गर्नुभएको थियो । हाल न्युयोर्कमा रहेका दिनेशले नेपालमा ३ र अमेरिकामा १५ विश्व कीर्तिमान बनाउनुभएको हो । प्रस्तुत छ-विश्व कीर्तिमान राख्ने खेलाडी दिनेश सुनारसँग पार्कअर खेल, उहाँको संघर्षपूर्ण जीवन र उपलब्धिबारे कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :