डोल्पामा सेनाको स्वास्थ्य शिविर

चैत्र १५, २०८० |सरोज थापा
डोल्पामा सेनाको स्वास्थ्य शिविर

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका-२ स्थित रसिको गुम्बा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रामवाण गुल्म सुलिगार्डले दुर्गम रसिको गुम्बा गाउँमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ सय २ पुरुष र १ सय १६ महिलाले सेवा लिएका छन् । निकुञ्जको संरक्षित क्षेत्रभित्र पर्ने रसिको डाँडागाउँ, माझगाउँ र गुम्बा गाउँकाका बासिन्दालाई लक्षित गरी निःशुल्क औषधि र चिकित्सकसहितको टोलीले पहिलो पटक स्वास्थ्य शिविर चलाएको रामवाण गुल्मका सेनानी विज्ञान विष्टले जनाए ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement