शे-फोक्सुन्डोमा ‘द्रौपदी’ को इन्डक्ल्याप

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
शे-फोक्सुन्डोमा ‘द्रौपदी’ को इन्डक्ल्याप

काठमाडौं । ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनै कालिका मन्दिरमा शुभमुहूर्त गरी सुटिङ थालिएको फिल्मको शुक्रबार शे-फोक्सुन्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिनुभयो ।

फिल्ममा अडिसनबाट छनोट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् । ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।

मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयं, विष्णु ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सह-निर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् । फिल्म नारी प्रदान विषयमा बनेको निर्देशक आचार्यको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.