एसईई दिँदै क्रियापुत्री दाजुभाइ

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
एसईई दिँदै क्रियापुत्री दाजुभाइ

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परीक्षा केन्द्रबाट दुई क्रियापुत्रीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका छन् ।

फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत संगम क्षेत्री र सौगात क्षेत्री (दाजुभाइ) एसईईमा सहभागी भएका हुन् । उनीहरु बाबुको मृत्यु भएको चौथो दिनमा परीक्षा दिन केन्द्रमा सहभागी भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले परीक्षामा चार हजार ९९ परीक्षार्थी सहभागी भएको जानकारी दिए । ६८ विद्यालयका विद्यार्थीले २६ केन्द्रबाट परीक्षा दिएका हुन् । यसअघि स्याङ्जामा ३४ केन्द्र रहेकामा १० वटा घटाइएको छ । उनका अनुसार दुईवटा नयाँ थपिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement