विराटनगरमा पनि केएफसी र पिज्जा हट

कार्तिक ९, २०८० |कान्तिपुर टीभी संवाददाता
विराटनगरमा पनि केएफसी र पिज्जा हट

विराटनगर । केएफसी र पिज्जा हट विराटनगरमा पनि खुलेको छ ।

देवयानी इन्टरनेसनल नेपाल प्रालिले नेपालमा यी रेस्टुरेन्टहरूका लागि इजाजतपत्र प्राप्त फ्रान्चाइजी प्राप्त गरेको हो । यो विराटनगरको पहिलो केएफसी र नेपालमै १७औं हो । त्यसैगरी कोशी प्रदेशमा यो पहिलो पिज्जा हट र समग्र नेपालमा पाँचौं भएको छ । विराटनगरमा यो स्थल पिज्जा र चिकेनप्रेमीका लागि प्रमुख गन्तव्य बनेको छ ।

द सेन्चुरियन मलमा अवस्थित यी नयाँ रेस्टुरेन्टले स्वादमा सम्झौता नगर्ने जनाएको छ । हट एन्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स र सधैं लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध छन् । साथमा केएफसी बकेट पनि पाउन सकिनेछ ।

यसैबीच पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता व्यञ्जनहरू र एपेटाइजरका साथ आफ्ना प्रसिद्ध पिज्जाहरू उपलब्ध गराएको छ । पिज्जाप्रेमीका लागि स्वादअनुसारको विकल्प ग्राहकले छान्न सक्नेछन् । केएफसी स्टोर बिहान १० देखि राति १० बजेसम्म खुला रहने विज्ञप्तिमार्फत जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.