नेपालीले पनि अब भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालीले पनि अब भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालीले अब चाँडै भारतमा पनि डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिने भएको छ । अहिले भारतीयले नेपालमा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटर्फममार्फत भुक्तानी गर्ने गरेका छन् ।

फोन पेले काठमाडौंमा एक कार्यक्रम गरी भारतीयले नेपाल आउँदा सहज रुपमा क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउँदा सेवा प्रभावकारी भएको जनाएको छ । दुई महिना अघिदेखि सुरु गरिएको यस्तो सेवाका प्रयोगकर्तासमेत बढेको फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाको दाबी छ । तर नेपालीले अहिलेसम्म भारतमा गएर यो सुविधा प्रयोग गर्न पाएका छैनन् ।

फोन पे भारतले काठमाडौंमा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाको समेत प्रदर्शन गरेको प्रमुख कार्यकारी अधिकृत रितेश पाईले जनाउनुभयो । जसमा नेपालको भुक्तानी प्रणाली सञ्चालक फोन पेले सहयोग गरेको थियो ।

कार्यक्रममा सहभागी विज्ञहरुले नेपालको डिजिटल पूर्वाधार कमजोर रहेको भन्दै यसमा लगानी बढाउन सुझाव दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.