काठमाडौं । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङ्ग्रेन बास्नादार चामल बिक्री सुरु गरेको छ ।
एभरेस्ट एरोम्याटिक सुपर लङ्ग्रेन नाम दिइएको चामल मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरु भएको घोषणा गरे । एभरेस्ट चामलको शुभारम्भ गर्दै बस्नेतले नेपाली किसानको मात्र धान किनेर उपभोक्ता माझ पुर्याएको दाबी गरे ।
यो चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुने उनको प्रतिबद्धता छ । आयातितको तुलनामा यस चामलको लम्बाइ १७.४६ मिलिमिटर लम्बाइ रहेको छ । आरजु राइस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका चार हजारभन्दा बढी बिघामा हजारौं किसानसँग सहकार्य गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
मिलले धान रोपाइँअगाडि नै स्थानीय किसानका लागि चलनचल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकेर धान खरिद गर्ने गरेको अध्यक्ष बस्नेतले जनाए ।