विश्वकप एसिया क्षेत्र छनोट खेलको लाइभ कान्तिपुर टेलिभिजनबाट

कार्तिक २, २०८० |कान्तिपुर टीभी संवाददाता
विश्वकप एसिया क्षेत्र छनोट खेलको लाइभ कान्तिपुर टेलिभिजनबाट

काठमाडौं । आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर टेलिभिजन र विभिन्न साझेदार संस्थाहरुबीच सम्झौता भएको भएको छ । आज टेलिभिजनले मुख्य प्रायोजकसँगै अन्य साझेदार सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

प्रत्यक्ष प्रसारणको टाइटल स्पोन्सरमा डाबर नेपालको रियल फ्रुट्स पावर रहेको छ । सिद्धार्थ बैंक, के एन पी नेरोल्याक, चोकोफन, यती कार्पेट, ई- सेवा र मिडिया सेन्स पनि प्रत्यक्ष प्रसारणका साझेदार रहेका छन् ।

प्रायोजन सम्झौतामा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईं, डाबर नेपालकी ब्रान्ड म्यानेजर प्रजिता श्रेष्ठ, सिद्धार्थ बैंकका चिफ रिटेल बैंकिङ म्यानेजर मनोहर केसी, केएनपी नेरोल्याकका ब्रान्ड म्यानेजर केदार थापा, चोकोफनका मार्केटिङ म्यानेजर नवीन पोखरेल, ई-सेवा मनि ट्रान्सफरका ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर आशिष दाहाल र मिडिया सेन्सका सीईओ शिव न्यौपानेले हस्ताक्षर गरेका छन् ।

कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत पछाईंले नेपालले खेल्ने क्रिकेट प्रत्येक नेपालीको घरघरमा पुगोस् भन्ने उद्देश्य रहेको बताए ।

त्यस्तै प्रायोजक तथा साझेदारहरूले पछिल्लो समय नेपाली क्रिकेटले एकपछि अर्को सफलता प्राप्त गरिरहेको र आफूहरूले त्यसमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कात्तिक १३ देखि २० गतेसम्म मुलपानी र टियू मैदानमा हुने आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालसँगै हङकङ, यूएई, ओमान, कुवेत, मलेसिया, सिंगापुर र बहराइन सहभागी हुने छन् ।

प्रतियोगिताको समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् भने समूह बीमा हङकङ, यूएई, कुवेत र कतार छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी- ट्वेन्टी विश्वकप खेल्न पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.