एनसेलको १८औं वार्षिकोत्सव, ‘एभ्री कस्टमर इज अ विनर’ सार्वजनिक

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
एनसेलको १८औं वार्षिकोत्सव, ‘एभ्री कस्टमर इज अ विनर’ सार्वजनिक

काठमाडौं । एनसेल एक्जियाटाले दिगो विकासका लक्ष्य हाासिल हुने गरी सामाजिक उत्तरदायित्वका काम गर्ने प्रतिबद्धता जनाएको छ ।

१८औं वार्षिकोत्सवको अवसरमा एक पत्रकार सम्मेलन गर्दै एनसेलले विगत १८ वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा एक अर्ब ८० करोड सामाजिक उत्तरदायित्वका रुपमा खर्च गरिसकेको जनाएको छ ।

दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्नुका साथै सामाजिक आर्थिक विकासमा समेत महत्त्वपूर्ण भूमिका खेलेको एनसेलले दाबी गरेको छ । त्यस्तै वार्षिकोत्सवका अवसरमा एनसेलले ‘एभ्री कस्टमर इज अ विनर’ जस्ता अफर पनि सार्वजनिक गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.