कान्तिपुर टेलिभिजनमा ‘सेफ नेपाल’

असार २९, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनमा ‘सेफ नेपाल’

काठमाडौं । कान्तिपुर टेलिभिजन र धर्म पिक्चर्सले सेफ नेपाल कार्यक्रम प्रशारण सहकार्यको सम्झौतापत्रमा हस्तक्षर गरेका छन् ।

कान्तिपुर टेलिभिजनमा आयोजित एक कार्यक्रममा टेलिभिजनका प्रमुख कार्यकारी निर्देशन शिशिर पछाई र सेफ नेपालका मास्टर जज सन्तोष साहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यही भदौ १५ गतेदेखि १८ सातासम्म प्रशारण हुने कार्यक्रममा प्रियंका कार्की, सेफ गणेशबहादुर ढकाल र सेफ लक्ष्मणप्रसाद भण्डारी निर्णायक रहनेछन् ।

मास्टर जजका रुपमा सन्तोष साह कार्यक्रममा जोडिएका छन् । १८ सातासम्म १८ एपिसोडमा कार्यक्रम प्रशारण हुनेछ । सेफ नेपालका लागि अनलाइनबाट अडिसन भएको छ ।

तिनै अनलाइन अडिसनबाट छानिएकामध्ये सयजनाले निर्णायकसामु पाककला प्रस्तुत गर्नेछन् । त्यसपछि एलिमिनेसन प्रक्रियाबाट विजेता छानिने धर्म पिक्चर्सका अध्यक्ष तथा निर्माता धर्मराज पाण्डेले जानकारी दिए ।

विजेतालाई २५ लाख नगदसहित विभिन्न अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.